२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको तेस्रो दिन आज (मंगलबार) पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । आज सेयर बजारमा सामान्य अंकको गिरावट देखिएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ बिन्दुमा झरेको छ ।
यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.१८ अंकले बढेर ४९५.६३ बिन्दुमा पुगेको छ ।
आइतबार कुल २२५ कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९९१ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
त्यस्तै, तेह्रथुम पावरको ७.०८ प्रतिशत, यूनाइटेड इर्दी मर्दी हाईड्रोपावरको ६.४९ प्रतिशत,आइसिएफसी फाइनान्सको ६.१० प्रतिशत , हिमाल दोलाखा हाइड्रोपावरको ५.९५ प्रतिशत र समिट लघुवित्तको ५.५८ प्रतिशतले वृद्धि भएको हो ।
कुनको शेयरमूल्य कति पुग्यो ?

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij