Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

कञ्चनपुरमा निः शुल्क आयुर्वेदिक औषधि वितरण, कतिले पाए निःशुल्क सेवा 

कञ्चनपुरमा निः शुल्क आयुर्वेदिक औषधि वितरण, कतिले पाए निःशुल्क सेवा 


  • 5.0K
    Shares

    कञ्चनपुरमा निः शुल्क आयुर्वेदिक औषधि वितरण, कतिले पाए निःशुल्क सेवा 
    images

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारीमा रहेको आयुर्वेद औषधालयबाट चालू आवको चार महिनाको अवधिमै एक हजार ५२२ जनाले निःशुल्क सेवा लिएका छन् । 
     
    गत साउनमा ४२४, भदौ ३७६, असोजमा ३८० कात्तिक महिनामा ३४२ जनाले आयुर्वेद औषधालयबाट निः शुल्क औषधिसँगै उपचार पाएका हुन । औषधालयबाट ३० प्रकारका रोगको औषधि बिरामीलाई उपलव्ध गराउँदै आएको औषधालयका कविराज जयराम शाहले जानकारी दिए । 

     कोरोनाको महामारी फैलिएपछि आयुर्वेदिक औषधिको प्रयोग गर्ने बिरामीको सङ्ख्यामा वृद्धि हुँदैगएको उनले बताए आमवात, वातरक्त, रक्तविकार, मुत्रविकार, प्रसूति विकार, नेत्ररोग, कर्ण, नशा, मुख, दन्त, कण्ठ रोग, शिरोरोग, बालरोग, जराजन्यसम्बन्धी बिरामीलाई समेत औषधालयबाट लाभान्वित भएका छन् ।

    प्रकाशित मिति :मंसिर १४ २०७८ मंगलवार - १४:३१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij