Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन: एनआरएनलाई नेपालमा बचत खाता खोल्न खुला, थपिए यी सुविधा

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन: एनआरएनलाई नेपालमा बचत खाता खोल्न खुला, थपिए यी सुविधा


  • 4.2K
    Shares

    नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन: एनआरएनलाई नेपालमा बचत खाता खोल्न खुला, थपिए यी सुविधा
    images

    काठमाडौँ । विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले गैरआवासीय नेपाली (एनआरएन)लाई बैंकमा खाता खोल्नका लागि सहज व्यवस्था गरेको छ।

    एनआरएनले अब नेपालका बैंकमा  न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी परिवर्त्य मुद्रामा मुद्दती खाता खोल्न पाउने भएका छन् । यसअघि न्यूनतम १० हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रामा मुद्दती खाता खोल्न पाउने व्यवस्था भएकोमा अब आधामा झारिएको हो। 

    त्यस्तै मुद्दती निक्षेप खाताको न्यूनतम अवधि पनि घटाइएको छ । ‘यसअघिसम्म मुद्दती खाता कम्तीमा २ वर्षको हुनुपर्ने व्यवस्था गरिएको थियो, अब यसलाई १ वर्षमा झारिएको छ’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने । एनआरएनले बचत खाता पनि खोल्न पाउने छन्।

    अमेरिकी डलर, यूरो, पाउण्डस्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानिज येन र चिनियाँ युआनमा मुद्दती खाता खोल्न सक्ने छन् । मुद्दती खातामा पाकेको ब्याज सम्बन्धित वाणिज्य बैंकको नियमअनुसार प्रदान हुनेछ।

    ब्याजदर निर्धारणका लागि बैंकहरु नै स्वतन्त्र छन् । विद्युतीय माध्यमबाटै एनआरएनको खाता खोल्न सकिने व्यवस्था गरिएको छ । एनआरएनले व्यक्तिगत मात्रै नभई उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको पनि खाता खोल्न सक्नेछन्।

    मुद्दती खातामा रहेको निक्षेप फिर्ता गर्नुपर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्नेगरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ। नेपाली रुपैयाँमा समेत भुक्तानी गर्न बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ।

    एनआरएनको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जार भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी लिनुपर्नेछ। उनीहरुबाट प्रबद्र्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्वन्धित निकायबाट जारी भएको गैर आवासीय नेपालीको अद्यावधिक परिचयपत्रको प्रतिलिपी समेत लिनुपर्नेछ।

    प्रकाशित मिति :मंसिर १४ २०७८ मंगलवार - १३:५४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij