Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

यी हुन् २० निर्जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमाशुल्क ?

यी हुन् २० निर्जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमाशुल्क ?


  • 6.7K
    Shares

    यी हुन् २० निर्जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमाशुल्क ?
    images

    काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चौथो महिना अर्थात कार्तिक महिनासम्ममा ११ अर्ब १९ करोड ९३ लाख ११ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । हाल संचालनमा रहेका २० कम्पनीहरु मध्ये बीमा शुल्कको आधारमा शिखर इन्स्योरेन्स कम्पनी झण्डै डेढ अर्ब कूल बीमा शुल्क सहित पहिलो स्थानमा रहेको छ ।

    कार्तिक मसान्तसम्ममा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले यस त्रैमासको अवधिसम्ममा एक अर्ब ३८ करोड ४५ लाख ६२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा एक अर्ब २० करोड १६ लाख ७६ हजार रुपैयाँँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । सगरमाथाले प्रतिस्पर्धी कम्पनीहरु सिद्धार्थ र नेकोलाई उछिन्दै अघि बढेको हो ।

    तेस्रो स्थानमा नेको इन्स्योरेन्सले एक अर्ब पाँच करोड ५८ लाख १४ हजार रुपैयाँ सिद्धाथ इन्स्योरेन्सले ९० करोड १० लाख ८३ हजार रुपैया कूल बीमा शुल्क आम्दानी गरेको बीमा समितिको तथ्याङ्कले देखाएको छ ।

    पछिल्लो समय प्रगति गर्दै अघि बढिरहेको एनएलजी इन्स्योरेन्स कम्पनीले ८३ करोड ३५ लाख २५ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ भने प्रिमियर इन्स्योरेन्स कम्पनीले ७७ करोड ७८ लाख ७० हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको छ ।

    गत आवमा निकै पछाडि रहेको हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीले समान ५८ करोड, आईएमई जनरल इन्स्योरेन्स कम्पनीले ५२ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले ५१ करोड, अजोड इन्स्योरेन्स कम्पनीले ५१ करोड, राष्ट्रिय इन्स्योरेन्स कम्पनीले ४८ करोड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ४७ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ४७ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले ४६ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४३ करोड, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४२ करोड, नेशनल इन्स्योरेन्स कम्पनीले ३३ करोड, जनरल इन्स्योरेन्स कम्पनीले ३२ करोड र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले २८ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् ।

    प्रकाशित मिति :मंसिर १४ २०७८ मंगलवार - ११:१५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij