Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेमा आज पनि गिरावट: यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुन कम्पनीको शेयरमूल्य कति ?

नेप्सेमा आज पनि गिरावट: यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुन कम्पनीको शेयरमूल्य कति ?


  • 5.2K
    Shares

    नेप्सेमा आज पनि गिरावट: यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुन कम्पनीको शेयरमूल्य कति ?
    images

    काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजार ओरालो लागेको छ  । आज नेपाल स्टक एक्सेन्च(नेप्से) परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । सेन्सेटिभ परिसूचक पनि ५.९२ अंकले घटेर ४९५.५३ विन्दुमा झरेको छ । 

    अन्तिम समयसम्म कूल २२८ वटा कम्पनीको ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    सोमबार न्यादि पावर सहित जम्मा ६० वटा कम्पनीको शेयरमूल्य बढेको छ । आज न्यादि पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ३ सय १० रूपैयाँ  ५० पैसा पुगेको छ । 

    यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ करोड ८१ लाख रूपैयाँ बराबरको कारोबार भएको हो । आज  आइसिएफसी फाइनान्स कम्पनीको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ यो कम्पनीको शेयर १० प्रतिशतले घटेको हो ।

    कुन कम्पनीको शेयरमूल्य कति ?

    Screenshot_10-1.jpg

     

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १५:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij