Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल बैंकको साधारण सभा यही पुस २ गते, के–के छन् एजेण्डा ?

नेपाल बैंकको साधारण सभा यही पुस २ गते, के–के छन् एजेण्डा ?


  • 5.3K
    Shares

    नेपाल बैंकको साधारण सभा यही पुस २ गते, के–के छन् एजेण्डा ?

    काठमाडौं । नेपाल बैंक लिमिटेड ६२ औँ वार्षिक साधारण सभा यही आउँदो पुस २ गते हुने भएको छ । बिहीबार बसेको सञ्चालक समितिको अठारौँ बैंठकले साधारण सभाको मिति तय गरेको हो ।

    साधारण सभाको बैठक प्रधान कार्यालय, धर्मपथ काठमाडौँमा हुने बैंकले सूचनामार्फत जानकारी गराएको छ। बैठक बिहान ११ बजे जुममार्फत सुरु हुनेछ। साधारण सभामा बैंकले आर्थिक वर्ष २०७७-७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७-७८ को नाफा-नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

    बैंकले हालको चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँको तीन प्रतिशतको दरले हुन आउने सैँतीस करोड एकानब्बे लाख दुई हजार सात सय अन्ठाउन्न रुपैयाँ र बहत्तर पैसा नगर लाभांश वितरण गर्ने प्रस्ताव गर्ने तयारी गरेको छ।

    त्यस्तै सभामा आव २०७८-७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तयारी गरेको छ।

    त्यसैगरी साधारण सभामा सञ्चालक समितिबाट प्रस्तावित हालको चुक्तापुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँको चौध प्रतिशतको दरले हुने आउने एक अर्ब ७६ करोड एकानब्बे लाख छयालीस हजार दुई सय सात रुपैयाँ र छत्तीस पैसा रकम बराबरको बोनस सेयर वितरण गर्ने तयारी रहेको छ।
     

    प्रकाशित मिति :मंसिर १३ २०७८ सोमवार - १२:५२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij