Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बाजुरामा जीप दुर्घटना : एक जनाको मृत्यु

बाजुरामा जीप दुर्घटना : एक जनाको मृत्यु


  • 3.8K
    Shares

    बाजुरामा जीप दुर्घटना :  एक जनाको मृत्यु

    बाजुरा । बाजुरामा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।

    दुर्घटनामा परी जीपका सहचालक बडीमालिका नगरपालिका वडा नम्बर १ का २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  

    सदरमुकाम मार्तडीबाट जडाङ्गा जाँदै गरेको से १ ज ९६० नम्बरको जीप आइतबार बिहान पाँच बजे दुर्घटनामा परेको थियो।

    दुर्घटनापछि सहचालक दानी गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    उक्त जीप सडक देखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले जनाएको छ।जीप चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएको छ।

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १७:४०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij