Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने भोली अन्तिम दिन

सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने भोली अन्तिम दिन


  • 5.1K
    Shares

    सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने भोली अन्तिम दिन
    images

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन सोमवार (मंसिर १३ गते) सम्म रहेको छ ।

    कम्पनीले कात्तिक २९ गतेदेखि १५ हजार ८५० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

    यस शेयरमा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले मंसिर १३ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन ।

    मंसिर १३ गते कार्यालय समयभित्र प्राप्त भएका बोलपत्र मंसिर १४ गते बिहान ११ बजे आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकुमा खोल्ने कम्पनीले जानकारी गराएको हो । कम्पनीको विक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १६:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij