सेयरबजारमा आज उच्च अंकको पहिरो गएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ८०.२९ अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक १४.१९ अंकले घटेको हो।
आजको कारोबारमा २३४ कम्पनी सामेल भएकामा १ करोड १९ लाख ३ हजारभन्दा बढी कित्ता सेयर बिक्री भएका छन्।दिनभरिमा ७० हजार ८ सय ४२ पटकको खरिदबिक्रीपछि ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ।
आज १३ वटै उपसूचक राताम्य हुँदा निर्जीवन, होटल, व्यापार, जीवन बीमा समूहको सूचक उच्च अंकले झरेको छ।आईसीएफसीका लगानीकर्ताले ९।७८ प्रतिशत कमाउनेबाहेक अन्य कम्पनीका लगानीकर्ताले नगन्य दरमा आम्दानी गरेका छन्।
गुमाउने लगानीकर्ताले ८.४९ प्रतिशतसम्म घाटा व्यहोरेको नेप्सेले जनाएको छ। आज २९ करोडसम्मको अधिकतम कारोबार भएको छ।
आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन २९ करोड ८१ लाख ९१ हजार १६१ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ४८ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८५ लाख, एनटिसीको १९ करोड ४ लाख र निर्धान उत्थान लघुवित्तको १६ करोड २० लाख भन्दा माथिको कारोबार भएको छ ।