२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार शेयर बजारमा ठूलो गिरावट आएको छ ।
यो समाचार तयार पार्दाको समय अपरान्ह १ बजेसम्ममा नेप्से परिसूचक ५७ दशमलव ६२ अंकले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले शेयर कर्जाको ४/ १२ करोड सीमालाई कायमै राखेका कारण बजारमा गिरावट आएको कतिपय लगानीकर्ताले बताएका छन् । बजार खुलेदेखि नै यो दिन बजार निरन्तर घटिरहेको छ ।
कतिपयले मौद्रिक समीक्षामार्फत यो सीमाको दायरालाई बढाउने अपेक्षा गरेका थिए । तर केन्द्रीय बैंकले परिवर्तन गरेन । साथै केन्द्रय बैंकले तरलता बढाउनेगरी मौद्रिक समीक्षामार्फत कुनै ठोस कार्यक्रम नल्याएपछि बजार प्रभावित भएको हो ।
अपरान्ह १ बजेसम्ममा २ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको छ भने । सबै उपसूचक राताम्मे छन् । उक्त अवभिसम्ममा २२३ ओटा कम्पनीको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij