Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

२३ कम्पनीको २ करोड बढी बोनस सेयर सेबोनमा दर्ता, कुनको कति ?

२३ कम्पनीको २ करोड बढी बोनस सेयर सेबोनमा दर्ता, कुनको कति ?


  • 6.5K
    Shares

    २३ कम्पनीको २ करोड बढी बोनस सेयर सेबोनमा दर्ता, कुनको कति ?
    images

    चालु आर्थिक बर्षको यो अवधिमा अहिले सम्म नेपाल धितोपत्र बोर्डमा विभिन्न २३ वटा कम्पनीहरुको २ करोड भन्दा बढि कित्ता बोनस सेयर दर्ता भएको छ । 

    बोर्डका अनुसार चालु आर्थिक बर्षको हालसम्म बोर्डमा जम्मा २३ वटा कम्पनीहरुको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबारको २ करोड ८ लाख ११ हजार ३५४ कित्ता बोनस सेयर दर्ता भएको छ । 

    बोनस सेयर दर्ता हुने जम्मा २३ कम्पनीहरु मध्यमा २० वटा कम्पनीहरुले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको बोनस सेयर बोर्डमा दर्ता भएको हो भने बाँकि ३ कम्पनीहरुको भने आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरीयको बोनस सेयर दर्ता भएको हो ।

    यो अवधिमा सबैभन्दा बढि नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस सेयर सेबोनमा दर्ता भएको छ । कोषले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । भने सबैभन्दा कम नेपाल एग्रो लघुवित्त वित्तिय संस्थाको सेयर सुचिकृत भएको हो कम्पनीको ८० हजार १४२ कित्ता बोनस सेयर दर्ता भएको हो । कम्पनीले पनि र्आिर्थक बर्ष २०७६/७७ मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

    चालु आर्थिक बर्षमा कुन कम्पनीको कति कित्ता सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भयो हुर्नुहोस् :

    61a31ec047744.jpg

    प्रकाशित मिति :मंसिर १२ २०७८ आइतवार - १३:०१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij