२०८२ मंसिर १२ गते शुक्रवार
नेप्सेमा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । १८ निर्जीवन बिमा कम्पनीहरुले १ अर्ब बढि मुनाफा गरेका छन् । यस अवधिमा अधिकांश कम्पनीको मुनाफा बढेको छ भने चार इन्स्योरेन्स कम्पनीको मुनाफामा गिरावट आएको छ ।
कुन कम्पनीको अवस्था कस्तो ?
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै मुनाफा शिखर इन्स्योरेन्सले गरेको छ । शिखर इन्स्योरेन्सकोे पहिलो त्रैमासमा मुनाफा ९.२८५ ले बढेर १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । दोस्रो धेरै मुनाफा गर्नेमा प्रिमियर इन्स्योरेन्स र तेस्रोमा नेको इन्स्योरेन्स छ ।
शिखर इन्स्योरेन्सले १३ करोड ३६ लाख मुनाफा गरेको छ । त्यस्तै, प्रिमियर इन्स्योरेन्सले ८ करोड १५ लाख, नेको इन्स्योरेन्सले ७ करोड १९ लाख, प्रभु इन्स्योरेन्सले ६ करोड ५४ लाख, राष्ट्रिय बीमा कम्पनीले ६ करोड २० लाख, सगरमाथा इन्स्योरेन्सले ६ करोड १७ लाख, नेपाल इन्स्योरेन्सले ५ करोड ९५ लाख, एलआईजी इन्स्योरेन्सले छ करोड ८२ लाख, सिद्धार्थ इन्स्योरेसले ५ करोड ४३ लाख, आईएमई जनरल इन्स्योरेन्सले ४ करोड ३५ लाख, लम्बिनी इन्स्योरेन्सले ४ करोड ३० लाख, जनरल इन्स्योरेन्सले ३ करोड ८३ लाख, प्रिडिन्सीएल इन्स्योसले ३ करोड ६५ लाख, एभरेष्ट इन्स्योरेन्सले ३ करोड ९ लाख, हिमालयन जनरल इन्स्योरेन्सले २ करोड ६९ लाख, सानिमा जनरल इन्स्योरेन्सले २ करोड ४३ लाख, युनाइटेड इन्स्योरेन्सले १ करोड १९ लाख र अजोड इन्स्योरेन्सले १ करोड १० लाख मुनाफा गरेको छ ।
गत वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षका अजोड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सको मुनाफा घटेको छ । अन्य १४ कम्पनीको मुनाफा बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij