Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

विराटनगरमा १९ हजार तिर्न नसक्दा अस्पतालबाटै हामफाले बिरामी

विराटनगरमा १९ हजार तिर्न नसक्दा अस्पतालबाटै हामफाले बिरामी


  • 2.9K
    Shares

    विराटनगरमा १९ हजार तिर्न नसक्दा अस्पतालबाटै हामफाले बिरामी
    images

    विराटनगर । उपचार खर्च तिर्न नसक्दा एक जना बिरामी शुक्रबार बिहान अस्पतालबाट हाम फालेका छन् । मोरङ धनपालथान–१ नोचाका ३५ वर्षीय शिवकुमार मण्डल विराटनगरस्थित गोल्डेन अस्पतालको ३ तलामाथिबाट हाम फालेका हुन् ।

    टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको गोल्डेनमै उपचार भइरहेको छ । छारे रोगको समस्या रहेका उनलाई मंसिर ३ गते आइसीयूमा भर्ना गरिएको थियो । मण्डलले डिप्रेसनको औषधि पनि नियमित सेवन गरिरका थिए । अस्पतालले मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर उपचार गर्दा लागेको पैसा तिर्न नसक्दा घर जान पाएका थिएनन् । उपचारमा ३६ हजार रूपैयाँ खर्च भएको पाइएको छ ।

    पारिवारिक अवस्था कमजोर रहेका उनको उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ परिवारले तिरिसकेको थियो । १९ हजार रूपैयाँ तिर्न बाँकी छ । अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले कुरुवा बसेकी सासू शौचालय गएका बेला बिरामीले अस्पतालको ३ तालमाथिबाट हाम फालेको बताए । ‘बिरामीमा मानसिक समस्या पनि रहेछ,’ उनले भने, ‘अस्पतालका कर्मचारी र सुरक्षागार्डको निगरानीमा राखिएको थियो । यसअघि पनि पटकपटक भाग्न खोजिरहेका थिए ।’ 

    अस्पतालले घर लैजानु भनेपनि भने परिवारका सदस्यले नै उपचार खर्च तिरेर मात्रै लाने भनेर राखेको मेहेताले दावी गरे । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले उपचार खर्च तिर्न नसकेको तनावमा बिरामीले अस्पतालबाट हामफालेर आत्महत्या गर्न खोजेको हुनसक्ने बताए । 

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १४:०८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij