Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पुजारीको हृदयघातबाट मृत्यु

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पुजारीको हृदयघातबाट मृत्यु


  • 2.8K
    Shares

    गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पुजारीको हृदयघातबाट मृत्यु
    images

    गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिइ आएका एक गुर्जु (पुजारी) को हृदयघातबाट मृत्यु भएको छ । 

    हरेक वर्षमा दुईपटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४ बल्खु का  रत्नराज बज्राचार्यको आकस्मिक रुपमा हृदयघातबाट गए राति निधन भएको  मनकामनाका स्थानीयवासी दिनेश जोसीले जानकारी दिए ।

    उनले मनकामनाको एक होटलमा बास बसेका पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको बताए । घटनाको जानकारी पाएलगत्तै प्रहरीको एक टोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर १० २०७८ शुक्रवार - १२:२४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij