२०८२ मंसिर १२ गते शुक्रवार
नेपाल धितोपत्र बोर्डको नयाँ अध्यक्ष छनोटका लागि मन्त्रीपरिषद् बैठकले समिति छनोट गर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अब मन्त्रीपरिषद्ले समिति गठन गरेपछि सोही अनुसार प्रक्रिया अगाडि बढ्ने छ ।
अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘धितोपत्र बोर्ड अध्यक्ष छनोटका लागि अब मन्त्रीपरिषद्ले समिति गठन गर्ने छ । र, सोही समितिले निमार्ण गरेको कार्यविधि अनुसार पक्रिया अगाडि बढ्ने छ ।’
अहिले नै पुनः आवेदन माग्ने वा नमाग्ने विषयमा कुनै निर्णय नभएको स्रोतले बतायो । नयाँ आवेदन लिने वा पुरानैलाई निरन्तरता दिने भन्ने विषयमा पनि नयाँ समितिले निर्णय गर्नेछ । अध्यक्षका आकांक्षीहरुले अहिले आवेदन दिइसकेको अवस्था छ ।
बोर्ड अध्यक्ष छनोटका विषयमा कानूनी रुपमा विवाद देखिएपछि अध्यक्ष छान्ने समिति नयाँ गठन गर्न लागेको हो । अहिले धितोपत्र बोर्डको अध्यक्षको छनोट समिति अर्थ मन्त्रालयले बनाएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij