Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

आगामी फागुन १३ मा ‘प्रेमगीत ३’ सार्वजनिक हुने

आगामी फागुन १३ मा ‘प्रेमगीत ३’ सार्वजनिक हुने


  • 4.8K
    Shares

    आगामी  फागुन १३ मा ‘प्रेमगीत ३’ सार्वजनिक हुने
    images

    काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ आगामी फागुन १३ बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । दुई वर्ष अघि चैत्र २८ गते रिलिजको तयारीमा रहँदा कोभिड महामारीका कारण सरेको फिल्मले यसै वर्षको फागुन १३ गतेलाई नयाँ रिलिज मिति तोकेको हो ।

    फिल्मका निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी फागुन १३ गते फिल्म रिलिज हुने जानकारी दिएका हुन् । ‘हजुरहरुको लागि एउटा ठूलो चुनौति मोलेर एउटा यस्तो कम गर्ने हिम्मत जुटाएका थियौं । कोरना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्गजलाई समेट्न सकेका थियौं । अन्तत फागुन १३ गते हजुरहरुलाई सुम्पने निर्णय लिएका छौं । केही दिनमा ट्रेलरसहित प्रमोशनमा हजुरहरु माझ आउनेछौं’, सेनले लेखेका छन् ।

    सन्तोष सेन र छेतेन शेर्पाको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय छ ।

    फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी र कल्याण सिंह तथा एलिस कार्कीको संगीत, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

     
     

    प्रकाशित मिति :मंसिर ९ २०७८ बिहिवार - १२:३३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij