२०८२ माघ १० गते शनिवार
कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बुधबार सम्पन्न लघुवित्त सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
त्यस्तै, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र १.३१ प्रतिशत नगद लाभांश रहेको छ। लघुवित्त सञ्चालक समितिको आज बिहान बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भऐपछि वितरण गरिनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij