२०८२ माघ १० गते शनिवार
काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार १.८९ अंक बढेर २७३५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८४ अंक बढेर २७३६.८५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २० कम्पनीको १५ लाख ५५ हजार ५५१ रुपैयाँ ४० पैसा बराबरको २ हजार ६०७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij