Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी दुई हाइड्रोपावर कम्पनी नेप्सेमा सूचीकृत : भोलिबाट कारोबारमा आउने, कुनको ओपनिङ रेन्ज कति ?

यी दुई हाइड्रोपावर कम्पनी नेप्सेमा सूचीकृत : भोलिबाट कारोबारमा आउने, कुनको ओपनिङ रेन्ज कति ?


  • 5.1K
    Shares

    यी दुई हाइड्रोपावर कम्पनी नेप्सेमा सूचीकृत : भोलिबाट कारोबारमा आउने, कुनको ओपनिङ रेन्ज कति ?
    images

    काठमाडौं । सामलिङ्ग पावर कम्पनी र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेप्सेमा भोलि बिहीबारबाट कारोबारमा आउने भएको छ। नेप्सेमा आज दुवै कम्पनीका आईपीओ सूचीकृत भएका हुन्। 

    नेप्सेमा सामलिङ्ग पावरको कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ३७ लाख ७० हजार, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको ५ लाख र सर्वसाधारणको ७ लाख ३० हजार कित्ता रहेका छन्।

    नेप्सेले यो कम्पनीलाई एसपीसी कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९८.७७ रुपैयाँदेखि अधिकतम २९६.३१ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 

    यसैगरी नेप्सेमा कुल १ करोड ५० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ करोड ९ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाको १५ लाख कित्ता र सर्वसाधारणको २५ लाख ५० हजार कित्ता रहेका छन्।

    नेप्सेले यो कम्पनीलाई ‘एनवाईएडीआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि न्यूनतम ९४.१३ रुपैयाँदेखि अधिकतम २८२.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ। 
     

    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १४:०९:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij