Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सर्वसाधारणका लागि आइपीओ जारी गर्दै हायात प्लेस, अंकित मूल्य कति?

सर्वसाधारणका लागि आइपीओ जारी गर्दै हायात प्लेस, अंकित मूल्य कति?


  • 5.4K
    Shares

    सर्वसाधारणका लागि आइपीओ जारी गर्दै हायात प्लेस, अंकित मूल्य कति?
    images

    काठमाडौं । कात्तिक १५ गतेदेखि सञ्चालनमा आएको पाँचतारे होटल हायात प्लेसले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । संस्थाले जारी पुँजीको १० प्रतिशतका दरले अंकित मूल्य एक सय रुपैयाँ दरको साधारण सेयर निष्काशन गर्न लागेको हो ।

    होटलले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरेको छ । उक्त नियुक्ति सम्बन्धमा कम्पनी र क्यापिटलबीच मंसिर ७ गते सम्झौता सम्पन्न भएको छ ।

    यसका लागि कम्पनीका तर्फबाट अध्यक्ष शक्ति गोल्यान र क्यापिटलका तर्फबाट सीइओ पारणमणी ढकालले हस्ताक्षर गरेका हुन् ।

    होटलमा १५३ वटा रुम छन् भने होटलमा लाइभ म्युजिकसहितको रेष्टुराँ, ब्यांवेट हल, जीम, स्वीमिङ पुल र ४ सयजना अट्ने क्षमता भएको कन्फरेन्स हल समेत छ ।

    अमेरिकामा रहेको हायात होटल्स कर्पोरेसनको चेन ब्राण्डका रुपमा विश्वाका विभिन्न १ हजारभन्दा ढबी अन्तर्राष्ट्रिय स्तरका हायात होटल स्थापना भइ सञ्चालनमा छन् ।

    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - १३:३२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij