Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 3.7K
    Shares

    इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    images

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।
    बैंकको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

    सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत पारित गर्ने जनाईएको छ ।

    साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी दुई संचालक निर्वाचनको प्रस्ताव पनि पारित गर्ने भएको छ । बैंकले भोली बुक क्लोज गर्ने भएकोले आजसम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र सभामा सहभागी हुन पाउने भएका छन् ।

    प्रकाशित मिति :मंसिर ८ २०७८ बुधवार - ११:१८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij