Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

हङकङ आगलागी अपडेट : मृतक संख्या ११ पुग्यो, ७ नेपालीको सनाखत (मृतक र घाइतेको विवरणसहित)

हङकङ आगलागी अपडेट : मृतक संख्या ११ पुग्यो, ७ नेपालीको सनाखत (मृतक र घाइतेको विवरणसहित)


  • 11.1K
    Shares

    हङकङ आगलागी अपडेट : मृतक संख्या ११ पुग्यो, ७ नेपालीको सनाखत (मृतक र घाइतेको विवरणसहित)

    हङकङमा नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

    मृतक ११ जनामध्ये सात नेपाली छन् । अन्य ९ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमहरूले जनाएका छन् ।

    आइतबार राति ८ बजेतिर लागोको आगोमा ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राजबाबु नेपाल, ९ वर्षीय रियान नेपाल र ३९ वर्षीय शेरबहादुर गुरुङ छन् । यस्तै ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दीपक गुरुङले जानकारी दिए ।

    Untitled-1.jpg

    बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको प्रहरीले जनाएको छ ।

    प्रारम्भीक अनुसन्धानमा उक्त रेष्टुरेन्ट बिना दर्ता सञ्चालन भएको पाइएको हङकङ प्रहरीले जनाएको छ ।

    यसअघि सोमबार नै हङकङस्थित नेपाली महावाणिज्य दूतावासले घटना विवरण सार्वजनिक गर्दै सात जनाको मृत्यु भएको र ११ जना घाइते रहेको जनाएको थियो।

    HK-Fire10.jpg

    यी हुन् मृतक तथा घाइते

    Hongkong-fire_nepali-death-631x1024-1.jpg

    प्रकाशित मिति :मंसिर २ २०७७ मंगलवार - ०९:४४:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij