२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौँ । सञ्चालनमा रहेका नयाँ ५ वटा जीवन बीमा कम्पनीले आईपीओ जारी गर्ने तयारी गरेका छन् । बीमा समितिबाट पछिल्लो पटक अनुमति पाई सञ्चालनमा आएका १० मध्ये ५ ओटा कम्पनीले आईपीओ निष्काशनको तयारी थालेका हुन् ।
आईपीओ निष्काशनको तयारी गरेका मध्ये सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता, आईएमई लाइफले ६० लाख कित्ता, सन नेपाल लाइफले प्रिमियम थपेर ६० करोड रुपैयाँ बरोबरको आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् । त्यस्तै, महालक्ष्मी लाइफले ६० लाख कित्ता आईपीओ जारी गर्ने तयारी छ ।
त्यस्तै सिटिजन्स लाइफले प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँ हुने गरी १ अर्ब २७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी गरेको छ ।
यीबाहेक अनुमति पाएका ज्योति लाइफ, युनियन लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफले आईपीओ निष्काशन गरिसकेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij