Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

१० स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान 

१० स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान 


  • 5.3K
    Shares

    १० स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान 
    images

    काठमाडौँ ।स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेसन उपकरण प्रदान गरिएसँगै अब अक्सिजन आवश्यक पर्ने बिरामीलाई सेवा दिन सहज हुने भएको हो । 

    यस नपाका १० वटै वडाका स्वास्थ्यचौकीलाई अमेरिकन संस्था गर्डेन अफ द एन्जल्सले  करिब रु १२ लाख मूल्य बराबरको उक्त उपकरण  भोलेन्टियरर्स नेपाल नेशनल ग्रुपको सहयोगमा प्रदान गरिएको नगरपालिकाका सामाजिक विकास समितिकासंयोजक एवं  वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए ।

     कोरोना भाइरसको महामारीले एउटा ठूलो पाठ सिकाएको स्मरण गर्दै वडाध्यक्ष थापाले यस्ता उपकरणले विशेष परिस्थितिमा स्वास्थ्यचौकीसम्म आएका बिरामीलाई राहत मिल्ने  बताए । नगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख वसन्त चापागार्इंले प्रत्येक वडाका स्वास्थ्यचौकीमा पुगेका ती उपकरणका सही उपयोग गराउने बताए ।

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १२:४९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij