Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

रामजी दैलेखीको ‘घुइँचो’मा दिपेन्द्र लामाको निर्देशन, एलिजा र कुन्साङ प्रमुख भूमिका

रामजी दैलेखीको ‘घुइँचो’मा दिपेन्द्र लामाको निर्देशन, एलिजा र कुन्साङ प्रमुख भूमिका


  • 5.7K
    Shares

    रामजी दैलेखीको ‘घुइँचो’मा दिपेन्द्र लामाको निर्देशन, एलिजा र कुन्साङ प्रमुख भूमिका
    images

    काठमाडौं। रामजी दैलेखीले निर्माण गर्ने चलचित्र ‘घुइँचो’लाई दिपेन्द्र लामाले निर्देशन गर्ने भएका छन्।

    सोमबार काठमाडौंमा आयोजना गरिएको चलचित्रको घोषणा सम्बन्धी कार्यक्रममा फिल्मका निर्देशक र प्रमुख कलाकारको पनि घोषणा भएको हो। फिल्म जुम्लाको एक परिवारको सामान्य युवकले अमिरिकासम्म गरेको यात्रामा आधारित रहेर बन्दै छ।

    लामाले निर्देशन गर्ने फिल्ममा एलिजा गौतम र कुन्साङ बोम्जन अनुबन्धित भएका छन्। फिल्मको निर्माण पक्षले एलिजालाई केही दिनअघि नै फिल्ममा लिने घोषणा गरेर सम्भौता गरेको थियो। कुन्साङलाई भने सोमबार आयोजित कार्यक्रममार्फत फिल्ममा लिइएको निर्माण पक्षले जानकारी लिएको छ। 

    पछिल्लो पटक ‘अनुराग’ फिल्ममा अभिनय गरेकी एलिजा त्यसपछि भने फिल्ममा देखिएकी थिइनन्। बीचमा ‘घिन्ताङ’ नामक फिल्ममा अभिनय गर्ने भनिएपनि उनले त्यस फिल्म छाडेकी थिइन्। फिल्ममा नदेखिएकी उनी केही समययता म्युजिक भिडियोमा सक्रिय थिइन्। ‘घुइँचो’ उनले ‘अनुराग’पछि खेल्न लागेको फिल्म हो।

    ‘घुइँचो’मा मुख्य भूमिकामा रहेका कुन्साङ भने पछिल्लो समय म्युजिक भिडियोमा रुचाइएका कलाकार हुन्। उनले अभिनय गरेका थुप्रै म्युजिक भिडियोहरु पछिल्लो समयमा निकै चर्चित भएका थिए। फिल्ममा उनी गाउँले युवकको भूमिकामा देखिने सोमबार आयोजित कार्यक्रममा बताइएको थियो।

    फिल्म आगामी माघदेखि छायांकनका लागि फ्लोरमा निर्माता दैलेखीले बताएका छन्।
     

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - १२:०६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij