Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली कलाकारको फिल्म प्रदर्शन हुने

‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली कलाकारको फिल्म प्रदर्शन हुने


  • 6.3K
    Shares

    ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपाली कलाकारको  फिल्म प्रदर्शन हुने
    images

    भारतको सिक्किम सरकारले आयोजना गर्ने ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ मा नेपालका कलाकारको पनि सहभागिता रहने भएको छ । डिसेम्बरको १० देखि १४ सम्म अर्थात (मंसिर २४ देखि २८ गते) सम्म गान्तोकमा आयोजना हुने महोत्सवमा बलिउडसँगै नेपालका कलाकारको पनि सहभागिता रहने सिक्किम फिल्म प्रमोसन बोर्डले प्रचार गरेको छ ।

    कोरोनाका कारण थालिएको फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न आयोजना हुन लागेको महोत्सवमा  राजधानी गान्तोकमा ‘सिक्किम ग्लोबल फिल्म फेस्टिभल’ को आयोजना गर्ने भएको छ । फेस्टिभलमा भुवन केसी, अनमोल केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ, शिवानी गुप्ता लगायत सहभागी हुने बोर्डले सार्वजनिक गरेको पोष्टमा उल्लेख छ । 

    त्यस्तै, उक्त पोष्टर बलिउडका भने अभिनेत्री मलाइका अरोरा, अभिनेता अरिजीत दत्ता, निर्देशकहरु संजय पुरन सिंह, प्रियदर्शन, अभिनव कश्यप, अनन्त महादेवन लगायत सहभागी हुने उल्लेख गरिएको छ । फेस्टिभलमा सिक्किमा खिचिएका नेपाली ‘साइनो’, ‘जार’, ‘कथा’ लगायतका समेत प्रदर्शन हुनेछ । केही दिन अगाडि अभिनेता भुवन केसी सिक्किम पुगेर समेत फर्किएका थिए ।

    सिक्किम सरकारले सिक्किममा छायाँकन हुने फिल्मलाई भारु एक करोड रुपैयाँ दिने भनेपछि उनी यसैको सोही सिलसिलामा सिक्किम पुगेका थिए । भुवनले सामाजिक सञ्‍जालमार्फत सिक्किमका तस्बिर समेत सार्वजनिक गरेका थिए ।

     

    प्रकाशित मिति :मंसिर ७ २०७८ मंगलवार - ११:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij