Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

गुञ्जन'को छायांकनका लागि दुबई पुगेको सारा र प्रितमराज रोमान्टिक बने

गुञ्जन'को छायांकनका लागि दुबई पुगेको सारा र प्रितमराज रोमान्टिक बने


  • 5.2K
    Shares

    गुञ्जन'को छायांकनका लागि दुबई पुगेको  सारा र  प्रितमराज रोमान्टिक बने
    images

    फिल्म 'गुञ्जन'को छायांकनका लागि निर्माण टिम दुबई पुगेको छ । अभिनेत्री सारा सिर्पाली र अभिनेता प्रितमराज सेन्चुरीसहितको टोली एक गीतको छायांकनको लागि दुबई पुगेको हो ।

    अहिले दुबईमा ‘सास चल्छ पल पल तिम्रै मायाको’ छायांकन भइरहेको छ । कविराज गहतराजले करियोग्राफी गरिरहेको भिडियोलाई बिदुर पाण्डेले खिचिरहेका छन् । गीतको छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन पनि दुबई पुगेका छन् ।

    गीतको भिडियोमा सारा र प्रितमराज निकै रोमान्टिक शैलीमा प्रस्तुत भएका छन् । दुबईको विभिन्न आकर्षक लोकेशनमा गीतको छायांकन भइरहेको छ ।

    विगत २ दशकदेखि द्वन्द्व निर्देशकका रूपमा काम गर्दै आएका अष्टले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

    प्रेमकथामा बनेको फिल्ममा सारा र प्रितमराजसँगै सरोज खनाल, कविर खड्का, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङताङ, कञ्चन चालिसेलगायतको अभिनय रहेको छ ।

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - १६:३७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij