२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौँ । उडी जाने पन्छी बोलको भिडियोको सफलता पश्चात गायक सुदिप कुमार थकालीले एक बचन बोल्दैमाुको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
तामाङ सेलो शैलीमा आधारित यस गीतमा आँशु लामाको शब्द,सङ्गीत रहेको छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मा बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।
यसअघि गायक थकालीले रेलको धुवाँु, एउटै मुटु, ॐ शान्ति ॐ, बोलको म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन्। निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।
भिडियो लिंक : https://youtu.be/5N39Qy181w0
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij