Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कालो चिया पिउनुका फाइदै फाइदा

कालो चिया पिउनुका फाइदै फाइदा


  • 14.6K
    Shares

    कालो चिया पिउनुका फाइदै फाइदा

    चियामा एन्टी अक्सिडेन्ट, फाइटो केमिकल्स जस्ता फाइदाजनक तत्व हुन्छन् । फिक्का अर्थात् दुध नराखेको र चिनी पनि कम राखेको कालो चियाले शरीरलाई ताजगी दिनेमात्र होइन विभिन्न खाले स्वास्थ्य फाइदा पनि हुन्छन् । कालो चिया पिउनुका फाइदा यस्ता छन्ः

    वजन घटाउनेः  कालो चियामा क्यालोरी कम हुन्छ । यो पिएपछि भोक कम लाग्छ र त्यसले वजन घटाउनमा सहयोग गर्दछ ।

    क्यान्सरबाट बचावटः  चियामा पोलिफिनाइल्स तत्व हुन्छ । यसले क्यान्सरको जोखिम कम गर्दछ ।

    बुढोपना घटाउनेः  चियामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले उमेर बढेसँगै देखिने बुढोपनका लक्षण कम गर्दछ ।

    हृदयाघातको जोखिम कमः  दिनहुँ २।३ कप कालो चिया पिउने मानिसहरुमा चिया नपिउने मानिसमा भन्दा हृदयाघातको जोखिम ७० प्रतिशत कम हुन्छ ।

    हड्डीको मजबूतीः  चियामा फाइदाजनक फाइटोकेमिकल्स हुन्छन् । जसले हड्डीलाई समेत मजबुत बनाउन सहयोग गर्दछन् ।

    दाँतको सुरक्षाः  चियामा फ्लोराइड तथा ट्यानिन तत्व पाइन्छ जसले दाँतलाई स्वस्थ तथा मजबूत बनाउँदछ ।

    रोगप्रतिरोधः कालो चिया पिउनाले सरीरमा रोग प्रतिरोधी क्षमता बढाउँदछ । साथै यसले विभिन्न खाले संक्रमणको जोखिम पनि कम गर्दछ ।

     

    प्रकाशित मिति :मंसिर २ २०७७ मंगलवार - ०८:५५:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij