२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर सोमबार (मंसिर ६ गते) देखि बिक्री खुला भएको छ । कम्पनीका संस्थापक सेयरधनीले प्रतिकित्ता न्यूनतम २५० रुपैयाँलाई आधार मानेर निवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक सेयरधनीले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । उक्त अवधिमा विद्यमान संस्थापक सेयरधनीले खरिद नगरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई पनि आवेदन खुला गरिने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij