Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

‘रमरम मरौटी’मा करोड दर्शक, कलाकार हर्षित

‘रमरम मरौटी’मा करोड दर्शक, कलाकार हर्षित


  • 5.0K
    Shares

    ‘रमरम मरौटी’मा करोड दर्शक, कलाकार हर्षित
    images

    काठमाडौं । डेढ महिना अघि सार्वजनिक नेपाली लोक तथा दोहोरी गीत ‘रमरम मरौटी’लाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ । यही अवसर पारेर निर्माण टिमले हालै राजधानीमा केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरुलाई मायाको चिनो प्रदान गरेको छ ।

    ५० दिन अघि ओबी रायमाझी युट्युब च्यानलबाट अपलोड गरिएको यो गीतलाई एक करोड २५ लाख पटक हेरिएको छ । गीतका गायक तथा संगीतकार खेम सेन्चुरीले आफ्नो गीतलाई दर्शकले मनपराइदिएकोमा खुशी व्यक्त गरेका छन् ।

    भिडियोकी कलाकार अभिनेत्री पुजा शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने र नेपाली संगीतको स्रोत नै लोकगीत भएको बताइन् । पुजाले सुरुमा गीतमा प्रयोग भएका मरौटी र करौटीको अर्थ नबुझेको र पछि कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले बुझाएपछि सुन्दा झनै आनन्द लागेको बताइन् ।

    प्रिन्सेस खरेलको लगानी रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ ।

     

     

    प्रकाशित मिति :मंसिर ६ २०७८ सोमवार - ११:००:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij