सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औं साधारणसभा तथा ७ औं केन्द्रीय अधिवेशनमा प्रमुख अििथति रहेका मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेकाले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
शिक्षालाई प्रविधिमैत्री बनाउनुका लागि प्रविधिको क्षेत्रमा शिक्षा मन्त्रालय लगानी गर्न तयार रहेको समेत प्रतिवद्धता जनाए । उनले सेतो गुराँसले बालबालिकालाई सक्षम नागरिक बनाउन महत्वपूर्ण भूमिका रहेको बताए ।
साथैै बालबालिकालाई सक्षम र सबल बनाउन तथा शिक्षालाई प्रविधिमैत्री बनाउनुका मन्त्रालय सहकार्य गर्न तत्पर रहेको मन्त्री पौडेलले बताए ।