२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) शेयर बजार नेप्से परिसूचक ११.६० अंकले घटेर २७५७.५३ विन्दुमा झरेको छ । नेप्से ०.४२ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.७५ अंकले घटेर ५१८.२५ विन्दुमा झरेको छ ।
अन्तिम समयसम्म कारोबारमा आएका कूल २२५ वटा कम्पनीको ७८ लाख ९४ हजार ४ सय ६८ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावर र उत्पादनबाहेक बाँकी सबै उपसमूहको शेयर घटेको छ ।
आइतबार महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ५० करोड ९९ लाख ९२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आइतबार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर ९ सय ५२ रूपैयाँ ६० पैसा पुगेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ४४ रूपैयाँ ८० पैसा पुगेको छ ।
आज तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.२१ प्रतिशतले घटेर प्रतिकित्ता ६ सय १६ रूपैयाँमा झरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij