२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा इजाजत पाएका बैंक तथा वित्तीय संस्थाहरूको नामावली सार्वजनिक गरेको छ ।
ती सवै राष्ट्रिय कार्य क्षेत्र भएका कम्पनीहरु हुन् । केन्द्रीय बैकका अनुसार क वर्गका वाणिज्य बैंकहरुको संख्या २७ ओटा रहेको छ । त्यसैगरी ख वर्गका विकास बैंकहरुको संख्या १८ ओटा रहेको छ । जसमध्ये १७ ओटा राष्ट्रिय कार्य क्षेत्र भएका कम्पनी हुन् भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड मात्र प्रदेशस्तरको कार्यक्षेत्र भएको कम्पनी हो ।
यसैगरी ग वर्गका वित्त कम्पनीहरुको संख्या १७ ओटा रहेको छ । जसमध्ये १५ ओटा राष्टिय कार्य क्षेत्र भएका कम्पनी हुन् भने जानकी फाइनान्स९प्रदेश नं २० र मल्टीपर्पस फिनान्स प्रदेश९प्रदेश नं २० स्तरको कार्यक्षेत्र भएका कम्पनी हुन् । केहि कम्पनीहरु भने खारेजीको प्रक्रियामा रहेको केन्द्रीय बैंकले बताएको छ ।
त्यस्तै घ वर्गको लघुवित्त कम्पनीहरुको संख्या उक्त अवधिसम्ममा ६९ ओटा रहेको छ ।जसमध्ये केहि कम्पनीहरु मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका छन् ।
त्यस्तै अन्य वित्तीय संस्थाहरु १५ ओटा रहेका छन् । जसमध्ये केहिले हायर पर्चेज कारोबार गर्ने गर्दछन् । यसैगरी पूर्वाधार विकास बैंकको रुपमा एउटामात्र नेपाल पूर्वाधार विकास बैंक रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij