Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

 २४ घण्टामा थप २४२ जनामा कोरोना संक्रमण, एकको मृत्यु

 २४ घण्टामा थप २४२ जनामा कोरोना संक्रमण, एकको मृत्यु


  • 3.2K
    Shares

     २४ घण्टामा थप २४२ जनामा कोरोना संक्रमण, एकको मृत्यु
    images

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७८७ पुगेको छ । 

    एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३०८ जना रहेको छ । आज ४४४ जना निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या सात लाख ९९ हजार ९८९ पुगेको छ । निको हुने दर ९७।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । अहिले मृत्युदर १।४ प्रतिशत छ ।

    त्यसैगरी पछिल्लो समय एक लाख तीन हजार २०९ जनाले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ३०३ रहेको छ ।

    प्रकाशित मिति :मंसिर ४ २०७८ शनिवार - २०:१०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij