Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चोलेन्द्रको फैसला : सार्वजनिक पोखरी नै आफन्तको नाममा

चोलेन्द्रको फैसला : सार्वजनिक पोखरी नै आफन्तको नाममा


  • 6.9K
    Shares

    चोलेन्द्रको फैसला : सार्वजनिक पोखरी नै आफन्तको नाममा

    प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।

    तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयी सरावगी छपकैयाको पोखरी महानगरकै रहेको बताउँछन् । केही व्यक्तिले फर्जी कागजातका आधारमा आफ्नो नाममा दर्ता गरेको र त्यो आफूहरुले नमान्ने उनको भनाइ छ । व्यक्तको नाममा दर्ता कायम गरिएको निर्णय बदरका लागि महानगरले सम्बन्धित निकाय र कार्यालयहरूमा तीन वर्षअघि नै पत्र लेखेर आग्रह गरिसकेको पनि सरावगी बताउँछन् ।

    छपकैयावासीले धार्मिक तथा सांस्कृतिक कार्यका लागि यो पोखरी उपयोग गर्दै आएका थिए । जग्गा कारोबारीले २०७२ असारमा माटोले पुर्न थालेपछि व्यक्तिको नाममा पुगेको खुलेको थियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय जबरा र दीपकराज जोशीको संयुक्त इजलासले २०७१ भदौ ८ मा उक्त पोखरी शाहको नाममा कायम रहेको फैसला गरेको थियाे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    प्रकाशित मिति :मंसिर ४ २०७८ शनिवार - ०८:२०:०२ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij