Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ई-पासपोर्टका लागि दैनिक दुई सय जनाले मात्र अनलाइन आवेदन दिन पाउने

ई-पासपोर्टका लागि दैनिक दुई सय जनाले मात्र अनलाइन आवेदन दिन पाउने


  • 6.5K
    Shares

    • images
    ई-पासपोर्टका लागि दैनिक  दुई सय जनाले मात्र अनलाइन आवेदन दिन पाउने
    images

    काठमाडौं । सरकारले हालै प्रचलनमा ल्याएको ई-पासपोर्टको लागि दैनिक दुई सय जनाले मात्र आवेदन दिन मिल्ने भएको छ । ई-पासपोर्टको वितरण हाल परीक्षणकै क्रममा रहेको र वितरण प्रणालीमा विभिन्न अपग्रेडहरू गर्दै जानुपर्ने भएकाले हाललाई आवेदनमा कोटा प्रणाली लागू गरिएको हो । 

    राहदानी विभागले बुधबार देखि सुरु गरेको परीक्षण वितरणमा बिहीबार सिस्टममा समस्या देखा परेको थियो । हाल सो समस्या समाधान भएपनि दिनमा दुई सय जनाले मात्र आवेदन दिन पाइने विभागले बताएको छ । दैनिक कोटा सकिएको खण्डमा तपाईंले भरेको आवेदन सब्मिट हुँदैन । यो प्रणाली हाल परीक्षणकै क्रममा रहेको बेला आवेदनको चाप अत्याधिक रुपमा बढेपछि सफ्टवेयरमा समस्या आएको हो । 

    विभागका प्रवक्ता शरदराज आरनले भने, ‘हाललाई उक्त समस्या समाधान भइसकेको छ । तर हामीले चाप नियन्त्रण गर्न कोटा प्रणाली लागू गरेका छौँ,’ उनले भने, ‘आउने दिनमा यो सेवा पूर्ण रुपमा लागू भइसकेपछि भने यस्ता समस्याहरू आउने छैनन् ।’ 

    परीक्षण वितरण सकिए लगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने विभागको तयारी छ ।

     

     

     

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १४:५३:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij