Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल बङ्गलादेश बैङ्कको साधारणसभाबाट छानिए ६ जना सञ्चालक, छानिनेमा को-को हुन् ?

नेपाल बङ्गलादेश बैङ्कको साधारणसभाबाट छानिए ६ जना सञ्चालक, छानिनेमा को-को हुन् ?


  • 6.6K
    Shares

    नेपाल बङ्गलादेश बैङ्कको साधारणसभाबाट छानिए ६ जना सञ्चालक, छानिनेमा को-को हुन् ?

    काठमाडौँ । नेपाल बङ्गलादेश बैङ्कले आफ्नो सत्ताइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न सभाले नयाँ सञ्चालक समितिको निर्वाचन गरेको छ । 

    जुमको माध्यमाबाट सम्पन्न भएको सभामा आगामी कार्यकालका लागि बैङ्कको ६ जना सञ्चालक समिति चयन गरेको छ ।

    जसमा संस्थापक समूहबाट ए.आर.एम नजमुस शकिब, एम. शाह आलम सरवर  तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् । त्यस्तै सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भएका छन् । 

    बैङ्कका अध्यक्ष ए.आर.एम. नजसमुस सकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७/०७८ को मुनाफा रकमबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस शेयर तथा ३.५० प्रतिशत (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने स्वीकृति प्रदान गरेको थियो  ।

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १४:१४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij