Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेप्सेमा आज २ वटा कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

नेप्सेमा आज २ वटा कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?


  • 7.3K
    Shares

    नेप्सेमा आज २ वटा कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ वटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार ङादी ग्रुप पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो । 

    ङादी ग्रुप पावर कम्पनी लिमिटेड
    ङादी ग्रुप पावर कम्पनी लिमिटेडको २० प्रतिशत बोनस बापतको ११ लाख ७८ हजार २ सय २१ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

    ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

    त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको हो । 

    ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड
    ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको ३।८ प्रतिशत बोनस बापतको एक लाख ९० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

    बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई  ३.८० प्रतिशत बोनस सेयर र  ०.२० नगद (कर प्रयोजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । 

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १४:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij