Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

३ कम्पनीको ६६ हजार ७६० कित्ता शेयर बिक्री खुला, आजदेखि आवेदन दिन सकिने

३ कम्पनीको ६६ हजार ७६० कित्ता शेयर बिक्री खुला, आजदेखि आवेदन दिन सकिने


  • 6.6K
    Shares

    ३ कम्पनीको ६६ हजार ७६० कित्ता शेयर बिक्री खुला, आजदेखि आवेदन दिन सकिने
    images

    काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट क्यपिटल कम्पनी प्रालीको स्वामित्वमा रहेका विभिन्न ३ कम्पनीको संस्थापक शेयर आज (मंसिर ३ गते, शुक्रबार) देखि बिक्री खुला गरिएको छ ।

    कम्पनीको स्वामित्वमा रहेका प्रभु बैंक, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्सियल बैंकका गरी संस्थापक ६६ हजार ७६० कित्ता शेयर बिक्री खुला गरिएको हो ।

    प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर रहेका छन् । उक्त शेयरको मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । त्यस्तै, नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता शेयर बिक्री गरेको हो ।

    उक्त शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । त्यसैगरी, प्राइम कमर्सियल बैंकको ६६ हजार ६७५ कित्ता शेयर बिक्री गरेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ तोकिएको छ ।

    उक्त शेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताहरुले सो मूल्य वा सो मूल्यभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    बोलपत्र एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ ।

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १२:३५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij