Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर धितोमा कर्जा : कुन वाणिज्य बैंकबाट कति ? (सूचीसहित)

शेयर धितोमा कर्जा : कुन वाणिज्य बैंकबाट कति ? (सूचीसहित)


  • 5.3K
    Shares

    शेयर धितोमा कर्जा : कुन वाणिज्य बैंकबाट कति ? (सूचीसहित)
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा चालू आर्थिक वर्षको मौद्रिक नीतिमाफर्त गरेको कडाइको असर अहिलेसम्म शेयर बजारमा परेको छ । शेयर बजार बढ्न नसक्नु र मौद्रिक नीतिपछि निरन्तर बजार घट्नलाई राष्ट्र बैंकले शेयर धितो कर्जामा गरेको कडाइ नै हो भनेर तर्क गर्ने गरिएको छ ।

    राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थाका कारण शेयर धितो कर्जा करिब दुई अर्ब ३७ करोड रुपियाँले घटेको छ । राष्ट्र बैैंकले मौद्रिक नीतिको पहिलो समीक्षा गर्ने पनि तयारी गरिरहेको छ ।

    राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलका अनुसार पहिलो साता समीक्षा हुने जानकारी गभर्नरले दिइसकेकोले सोही अनुसार तयारी भइरहेको छ । कुन दिन हुन्छ र के के परिवर्तन हुन्छ भन्ने विषय भने अहिले नै यही हो भन्न सकिने अवस्था भने नरहेको बताए । तर, राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले गरेको शेयर धितो कर्जा ठूला कारोबारीलाई रोक्न र सानालाई प्रोत्साहन गर्न ल्याएकोले अहिले नै यो विषयमा परिमार्जन वा संशोधन भने नहुने उनले बताए ।

    राष्ट्र बैंकले कडाइ गरेकै कारण शेयर धितो कर्जा चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नै दुई अर्ब ३६ करोड ९७ लाख रुपियाँले घटेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको तथ्यांकअनुसार शेयर खरिद गर्ने गरि दिइने यस्तो मार्जिन प्रकृतिको कर्जा २.२ प्रतिशतले घटेको हो ।

    तथ्यांक अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा १७.८ प्रतिशत अर्थात आठ अर्ब ९९ करोड ३० लाख रुपियाँले बढेको थियो । यो वर्ष राष्ट्र बैंकले २९ साउनमा जारी गरेको मौद्रिक नीतिले शेयर कर्जामा कडाइ गरेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एउटै व्यक्ति वा कम्पनीले एक बैंक वा वित्तीय संस्थाबाट बढीमा चार करोड रुपियाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाहरुबाट गरी १२ करोड रुपियाँसम्म मार्जिन प्रकृतिको कर्जा लिन पाउने नीतिगत व्यवस्था गरेको थियो । राष्ट्र बैंकको सोही नीतिकै कारण घटेको शेयर बजार अझै मौद्रिक नीति अगाडिको अवस्थामा पुग्न सकेको छैन् ।

    राष्ट्र बैंकको तथ्यांक अनुसार नेपाल एसबीआई र स्याण्डर्ड चार्टर्डबाहेक २५ वटा बैैंकको विवरण उल्लेख छ । राष्ट्र बैंकका अनुसार उपलब्ध भएकासम्म र बैंकहरूले दिएको विवरण राखिएको छ । 

    यस्तो छ वाणिज्य बैंकहरूले दिएको शेयर धितो कर्जाको विवरण:

    share-karja.jpg

     

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - १२:११:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij