Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला

पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला


  • 9.4K
    Shares

    पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला
    images

    पाल्पा ।  पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ । जिल्लाको तिनाउ गाउँपालिका–४, सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ । 

     सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए । सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन छ । रातका समयमा हजारौँले एकै पटक चिच्याएर वर माग्दा जङ्गलको सुनसान रात गुञ्ज्यमान हुने गर्दछ । 

     बुधबारदेखि सो तीनदिने मेला सुरुआत भएको हो ।  यस मन्दिरकी देवी अर्थात् बज्यैलाई पूजा गरेपछि टीका, चुरा र साडी चोलीसमेत चढाउने चलन छ । परेवा र बाख्राको बलि दिने पनि गरिन्छ । यहाँको मन्दिरमा रातको समय चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा वर माग्नेको चहलपहल बढेको छ । रातको समय सत्यवती तालमा लिङ्गो गाडेर बिहान सोही लिङ्गो चिनेर पूजा गर्ने चलन छ । 
     
     पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ । ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ । प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने गर्दछ । मेला अवलोकन गर्नका लागि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत श्रद्धालुभक्तजनहरु भित्रिन्छन् । पाल्पा बुटवल सडक खण्डको चौबीस माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ । करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि सत्यवती मन्दिरमा पुगिन्छ । 

    प्रकाशित मिति :मंसिर ३ २०७८ शुक्रवार - ११:३९:०२ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij