Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

३२.३९ अंकले घट्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार

३२.३९ अंकले घट्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार


  • 4.2K
    Shares

    ३२.३९ अंकले घट्यो नेप्से, नेपाल टेलिकमको सर्वाधिक कारोबार
    images

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा करेक्सन आएको छ । यसअघि लगातार तीन दिनसम्म बढेको बजारमा आज भने करेक्सन देखिएको हो । आज सेयर बजार दोहोरो अंकले घटेको हो ।

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा पुगेको छ । आज नेप्से १.१६ प्रतिशतले घटेको हो ।

    त्यसैगरी, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२५ अंकले बढेर ५२१.१८ बिन्दुमा पुगेको छ ।

    आज कुल २२४ कम्पनीको ९८ लाख ६२ हजार ९४० कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २३० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य घटेको छ । आज अन्य समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज यो समूहको सेयर मूल्य ५.२९ प्रतिशतले बढेको छ । त्यसैगरी, हाइड्रोपावर समूहको सेयर मूल्य २.२४ प्रतिशतले बढेको छ ।

    आज कारोबार रकमको आधारमा भने नेपाल टेलिकमले अग्रता कायम गरेको छ । कम्पनीले ६० करोड ४४ लाख ५५ हजार भन्दा बढीको कारोबार गरेको छ ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १५:५४:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij