Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

छिमेक लघुवित्त र नेसनल माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, कुनको कति ?

छिमेक लघुवित्त र नेसनल माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, कुनको कति ?


  • 6.7K
    Shares

    छिमेक लघुवित्त र नेसनल माइक्रोफाइनान्सद्वारा लाभांश घोषणा, कुनको कति ?
    images

    काठमाडौं । आज (बिहीबार) विभिन्न २ कम्पनीले लाभांश घोषणा गरेको छ । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८का लागि लाभांश प्रस्ताव गरेका हुन्।

    नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षका लागि कुल ४५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

    छिमेक लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा २७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करप्रयोजनार्थ) रहेको छ ।

    दुवै कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिनेछ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - १३:४३:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij