Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रधानन्यायाधीश राणाले तोके एक पूर्णसहित ९ इजलास

प्रधानन्यायाधीश राणाले तोके एक पूर्णसहित ९ इजलास


  • 2.5K
    Shares

    प्रधानन्यायाधीश राणाले तोके एक पूर्णसहित ९ इजलास
    images

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् । आफूबाहेकका इजलास गठन गरेका प्रधानन्यायाधीश राणाले ९ इजलासमा २५९ मुद्दाको पेसी चढाएका छन्।

    प्रधानन्यायाधीश राणाले आफूविरुद्ध आन्दोलन जारी रहेकाले निवासबाटै इजलास तोक्ने गरेका छन् । आफूविरुद्ध आन्दोलन सुरु भएयता राणाले पहिलो पटक पूर्ण इजलास गठन गरेका छन् ।

    १० नम्बर इजलासका न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले भने आफ्ना लागि तोकिएका संयक्त इजलासका लिखत दर्ता बदरका मुद्दा भने सुनुवाइ गर्ने बताइएका छन् ।

    नेपाल बार एसोसिएसनले हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो । हिजो प्रधानन्यायाधीश राणालाई तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएको थियो । आज पनि बारले तेस्रो चरणको आन्दोलनको दोस्रो दिन धर्ना जारी राखेको छ ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - ११:३३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij