Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच धकेलाधकेल, कानुन व्यवसायीमाथि प्रहरीको लाठीचार्ज

सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच धकेलाधकेल, कानुन व्यवसायीमाथि प्रहरीको लाठीचार्ज


  • 3.7K
    Shares

    सर्वोच्च परिसरमा वकिल र प्रहरीबीच धकेलाधकेल, कानुन व्यवसायीमाथि प्रहरीको लाठीचार्ज
    images

    काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै वकिलहरूले प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनका क्रममा वकिलहरू र प्रहरीबीच धकेलाधकेल भएको थियो । त्यसक्रममा प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत घाइते भएका छन् । लाठी प्रहारपछि महर्जन बेहोस भएका थिए । उनलाई पानी छम्केर बिउँझाइएको थियो ।

    नेपाल बारको अगुवाइमा आन्दोलनरत कानुन व्यवसायीले आज सर्वोच्च अदालतका मूल र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका छन् । केही दिनयता वकिलहरूको मूल गेटभित्रको धर्ना छल्दै प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गर्दै आएका थिए ।

    सर्वोच्च परिसरमा अहिले कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन् । उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - ११:२३:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij