Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेद्‌वार शुल्क ५० हजार, महाधिवेशन प्रतिनिधिको २५ हजार

पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेद्‌वार शुल्क ५० हजार, महाधिवेशन प्रतिनिधिको २५ हजार


  • 3.7K
    Shares

    पर्वत कांग्रेसमा जिल्ला सभापतिको उम्मेद्‌वार शुल्क ५० हजार, महाधिवेशन प्रतिनिधिको २५ हजार
    images

    पर्वत । जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि रु ५० हजार तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि रु २५ हजार शुल्क तोकिएको छ ।

    जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार शुल्क तोकिएको छ । यस्तै  क्षेत्रीय सभापतिका लागि रु १५ हजार  तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि रु १० हजार तोकिएको छ ।

    कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताए । 'जिल्ला तहको अधिवेशन सम्पन्‍न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो,' उनले भने, 'दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्‍ने बाध्यात्मक अवस्था छैन ।'     

    केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई रु १० हजार, उपसभापति र सचिवका लागि रु सात हजार, सहसचिवका लागि रु छ हजार र सदस्यका लागि रु तीन हजार शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई रु पाँच हजार, उपसभापति र सचिवलाई रु तीन हजार, सहसचिवलाई रु दुई हजार ५०० र सदस्यलाई रु दुई हजार शुल्क निर्धारण गरिएको छ । रासस

    नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेद्‌वार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ ।

    नेपाली कांग्रेसको बुधबार सम्पन्‍न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्‍न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेद्‌वारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेद्‌वारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ ।

    जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि रु ५० हजार तोकिएको हो । महाधिवेशन प्रतिनिधिका लागि पनि रु २५ हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार शुल्क तोकिएको छ । यस्तै  क्षेत्रीय सभापतिका लागि रु १५ हजार  तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि रु १० हजार तोकिएको छ ।

    कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताए । 'जिल्ला तहको अधिवेशन सम्पन्‍न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो,' उनले भने, 'दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्‍ने बाध्यात्मक अवस्था छैन ।'     

    केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई रु १० हजार, उपसभापति र सचिवका लागि रु सात हजार, सहसचिवका लागि रु छ हजार र सदस्यका लागि रु तीन हजार शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई रु पाँच हजार, उपसभापति र सचिवलाई रु तीन हजार, सहसचिवलाई रु दुई हजार ५०० र सदस्यलाई रु दुई हजार शुल्क निर्धारण गरिएको छ । रासस

    प्रकाशित मिति :मंसिर २ २०७८ बिहिवार - ११:१४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij