२०८२ माघ ७ गते बुधवार
एमआरपीभन्दा ई–पासपोर्ट अझ बढी भरपर्दो, सुरक्षित र विश्वासिलो मानिन्छ। अहिलेको एमआरपीमा पासपोर्टवाहकका केही व्यक्तिगत सूचना मात्रै राखिएको छ। तर ई–पासपोर्टमा वाहकको ‘बायोमेट्रिक डेटा’ समेत राखिएको हुन्छ।
बायोमेट्रिक डाटाले पासपोर्टलाई अझ सुरक्षित बनाउँछ। ई–पासपोर्टमा अत्याधुनिक चिपको प्रयोग हुन्छ, जसमा वाहकको आँखाको नानी, तस्बिर तथा औँठाछाप समेत राखिनेछ।
ई–पासपोर्टमा पोलिकार्बनेटको प्रयोग हुन्छ, जसले गर्दा पासपोर्ट भाँचिने, च्यातिने वा पानीमा भिज्दा बिग्रने समस्या आउने छैन। एमआरपीमा भिसा पेजको संख्या ३२ मात्र छ। तर ई–पासपोर्टमा दुई पेज थपेर ३४ पेज राखिनेछ।
ई–पासपोर्टका लागि नागरिकताबाहेक राष्ट्रिय परिचयपत्र समेत बुझाउनुपर्नेछ। ई–पासपोर्टको भेरिफिकेशन राष्ट्रिय परिचयपत्र अर्थात् नेशनल आइडी कार्डका आधारमा हुने राहदानी विभागका निर्देशक एवम् प्रवक्ता शरदराज आरणले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij