Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

एफपीओ निष्कासन गर्न मिर्मिरे लघुवित्तले दिए सेबाेनमा निवेदन

एफपीओ निष्कासन गर्न मिर्मिरे लघुवित्तले दिए सेबाेनमा निवेदन


  • 6.1K
    Shares

    एफपीओ निष्कासन गर्न मिर्मिरे लघुवित्तले दिए सेबाेनमा निवेदन
    images

    मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ ।

    संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरकाे ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्न कार्तिक २३ गते सेबाेनमा निवेदन दिएकाे हाे ।

    संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेकाे छ ।

    संस्थाकाे एफपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्यूआर बीबी’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको तथा कम्पनीकाे आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । 

    संस्थाकाे चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट,बनेपा, काभ्रेपलाञ्चाेकमा सम्पन्न भएकाे दशाैँ वार्षिक साधारण सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

    संस्थाले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरेपश्चात संस्थापक सेयर र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफपीओ निष्कासन गर्न लागेकाे हाे ।6194e94156f43.jpg

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १७:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij