Logo

२०८२ मंसिर ७ गते आइतवार

२०८२ मंसिर ७ गते आइतवार

प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारले दियो यस्तो अल्टिमेटम

प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारले दियो यस्तो अल्टिमेटम


  • 3.9K
    Shares

    प्रधानन्यायाधीश जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारले दियो यस्तो अल्टिमेटम
    images

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन नेपाल बार एसोसिएसनले अल्टिमेटम दिएको छ ।

    बुधबार (आज) अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको कार्यालय परिसरमा बोल्दै मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी समेत दिएका छन् । उनले प्रधानन्यायाधीश जबराको राजीनामा न्यायालय सुदृढिकरणका लागि भएको बताए ।

    प्रधान्यायाधीश जबराले जारी गरेको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याइएको पनि अध्यक्ष श्रेष्ठले बताए ।

    प्रधानन्यायाधीश जबरासँग व्यक्तिगत नभएर न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको बताए । जबराले सेवाग्राहीलाई सेवा पाउनबाट वञ्चित गरेको उनले आरोपसमेत लगाए । उनले प्रधानन्यायाधीश जबराविरुद्धको तेस्रो चरणको आन्दोलन पनि सुरु भएको बताए ।

    प्रकाशित मिति :मंसिर १ २०७८ बुधवार - १७:०२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij